पाटन दरबार स्क्वायरमा एनपीएल ट्रफी जात्रा

काठमाण्डु - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुनुअघि आयोजित ट्रफी जात्रा पाटन दरबार स्क्वायर पुगेको छ । एनपीएलका प्रत्येक सहभागी टिमले ट्रफी टुर गरिरहेको बेला काठमाण्डु गोर्खाजले पनि भक्तपुर दरबार स्क्वायरसँगै पाटन र काठमाण्डु रवार स्क्वायरमा ट्रफी जात्रा आयोजना गरेको हो । विराटनगरबाट सुरु भएको ट्रफी टुर सुदूरपश्चिमको कैलालीमा पुगेर टुंगिनेछ ।…