काठमाण्डु – गृह मन्त्रालयले ४ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार भएको सरुवाअनुसार मन्त्रालयका प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ । विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई मन्त्रालयमा फिर्ता बोलाइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई मन्त्रालयमा तानिएको छ । कोइराला विमानस्थलबाट हुने मानव तस्करीका घटनामा विवादित…