हाइड्रोपावरको आइपिओ निष्कासन रोकिएकोमा कांग्रेस सभापति असन्तुष्ट

काठमाण्डु— नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित इप्पानको २३औँ वार्षिक साधारणसभामा बोल्दै उनले लगानीकर्तालाई दुःख दिने भन्दा पनि ढुक्कसँग लगानी गर्ने वातावरण सृजना गर्नुपर्ने बताएका हुन् । यस्तै उनले जलविद्युत आयोजनाहरूको सेयर निष्कासन रोकिएको कुरा आफूलाई चित्त नबुझेको…