सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरीवालाको तर्फबाट बहस हुँदै

काठमाण्डु- पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा थुनछेक बहस जारी छ । जिल्ला न्यायाधीश नितिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको हो । मंगलबार सरकारको पक्षबाट दुई जना वकिलले सात जना प्रतिवादीहरूमाथि बहस गरेका थिए । सरकारी वकिलको कार्यालयको तर्फबाट सहायक न्यायाधिवक्ता सुजता पौडेल र सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले थुनछेक बहस…