झापा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी बनाएर भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरेका छन् । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको बताए । उनले माओवादीको अभियानमा जनताको तागत पनि जोडियो भने…