काठमाण्डु – नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको अवकाश मिति नजिकिँदै गर्दा नयाँ आईजीपी को बन्ला भन्ने चर्चा सुरु भएको छ । आईजीपी खापुङ प्रहरी नियमावलीको ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते अवकाशमा जाने भएका छन् । प्रहरीको ३३औं आईजीपीका लागि ४ एआईजीहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)…