काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन अनिवार्य भएको बताएको छ। शुक्रबार बाट चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्र्दै निर्वाचन अनिवार्य भएको बताएका हुन् । प्रतिवेदनमा ‘दलीय व्यवस्थामा विशेष परिस्थितिका कारण गैर(दलीय सरकार बनेको छ, निर्वाचन गराउने मूल दायित्व बोकेको सरकारले चुनावी वातावरण निर्माणमा निरन्तर…