यस्ता भेला र कार्यक्रम पहिले पनि हुन्थे, अहिले त्यसको निरन्तरता हो : डा. कोइराला

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यसपटक धेरै नेता संसदबाहिर रहेको उल्लेख गर्दै संसद्मा कसरी जाने भन्ने विषयमा वरिष्ठ नेताहरूसँग सरसल्लाह गर्न नवनिर्वाचित सांसदहरूलाई सुझाव दिएका छन् । आईतबार आयोजित नवनिर्वाचित सांसदसँगको कार्यक्रममा बोल्दै उनले यस्ता भेटघाट र कार्यक्रमहरू नेपाली कांग्रेसभित्र पहिले पनि हुँदै आएको र अहिले पनि निरन्तर जारी रहेको उल्लेख गरे…