काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग एकता नगर्ने भएको छ । पार्टीको शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा महासचिव घनश्याम भुसालले पार्टी बलियो नभएसम्म माओवादीसँग एकता गर्न नहुने राजनीतिक प्रतिवेदन पेस गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताका लागि आआफ्नो टीममा छलफल गरी एकता…