एमालेका पूर्वसभासद् मल्ल बलात्कार आरोपमा पक्राउ

काठमाण्डु – नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाण्डुको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनी पूर्व संविधानसभा सदस्य हुन् । बलात्कार गरेको आरोपमा मल्लविरुद्ध १ महिलाले प्रहरीमा उजुरी दिएकी छन् ।