काठमाण्डु– गोरखास्थित पाङबारी हिमालमा विगत ५ दिनदेखि बेपत्ता २ इटालियन आरोहीको शव फेला परेको छ। पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको हो…