काठमाडौँ– प्रधानसेनापति राजेन्द्र क्षत्री १० दिने विदेश यात्रामा निस्कने भएका छन् । उनी क्यानडा र युनाइटेड अरब इमिरेट्स (यूएई) जाँदैछन् । तीन साता लामो अमेरिका र बेलायत भ्रमणबाट फर्केको दुई महिनापछि उनी फेरि विदेश यात्रामा निस्कन लागेका हुन् । अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्ड र क्यानडियन फोर्सको संयुक्त तत्त्वावधानमा क्यानडाको भिक्टोरियामा सोमबारदेखि हुने…