काठमाण्डु–प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनिएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक रद्द भएको छ । सोमबार दिउँसो सवा १२ बजे बस्ने भनिएको संसद् समितिको बैठक रद्द भएको हो । सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने तयारी थियो । तर प्रधानमन्त्रीको सचिवालयले कारण उल्लेख नगरी कार्यक्रम रद्द भएको जानकारी दिएको हो…