काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएकी छिन् । बिहीबार प्रधानमन्त्री कार्कीले अध्ययन र आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी हुन् । कार्कीले सचिव पुष्करलाई बोलाएर यस विषयमा जानकारी लिदैं उक्त निर्देशन…