काठमाण्डु – नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा १० सदस्य थप गरिएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको विभाग सदस्यमा शुक्रबार १० सदस्य मनोनयन गरेका छन् । मनोनित सदस्यहरूमा जगदिशबहादुर पाल (दार्चुला), इन्जिनीयर विनोद देवकोटा (गोरखा), लव ढुङ्गाना (काठमाण्डु), गोरखबहादुर…