काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले ७ वटा निर्णय गरेको छ । बिहीबार बसेको बैठकले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन र गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको अडान कायम राख्ने निर्णय गरेको छ । पार्टीले संसद्को राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवा विधेयकको प्रतिवेदनलाई प्रतिनिधि सभाबाट पास गरिँदा ‘कुलिङ अफ पिरियड’को…