काठमाण्डु- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाली बजारमा यस दिन सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयामा कारोबार भएको थियो ।…