रामेछापमा १० वर्षयताकै ठूलो हावाहुरी, विद्यालयका छाना उडे, विद्युत् सेवा अवरुद्ध

रामेछाप – रामेछाप जिल्लाका विभिन्न स्थानमा हावाहुरीले व्यापक क्षति पुर्‍याएको छ । हावाहुरीका कारण व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् । साँझ आएको तीव्र हावाले घर तथा सार्वजनिक भवनका छाना उडाएको छ भने कतिपय संरचना आंशिक रूपमा भत्किएका छन् । दोरम्बाशैलुङ गाउँपालिका–२ दोरम्बास्थित काकलिङ माविको १ भवनको छानो पूर्ण रूपमा उडाएर भूइँमा…