भूमिका श्रेष्ठलाई ब्लू डाइमण्ड सोसाइटीद्वारा सम्मान, सडकका मुद्दा सदनमा पुग्ने विश्वास

काठमाण्डु – ब्लू डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यका रूपमा मनोनित भएकी भूमिका श्रेष्ठलाई सम्मान तथा बिदाइ गरेको छ । सोमबार सोसाइटीको कार्यालयमा आयोजित कार्यक्रमबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभामा मनोनित श्रेष्ठलाई सम्मान तथा बिदाइ गरिएको हो । कार्यक्रममा सांसद श्रेष्ठले आदिवासी जनजाति, मुस्लिम, मधेशी,…