हमासले विपिन जोशीको शव इजरायललाई बुझायो

काठमाण्डु– गाजामा बन्धक बनाइएका नेपाली विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित ४ जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव प्राप्त भएको पुष्टि गरेको हो। विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको इजरायली सेनाले जनाएको…