माओवादीसँग एकता प्रक्रिया छिट्टै निष्कर्षमा पुर्‍याउने एकीकृत समाजवादीको निर्णय

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै टुंग्याउने तयारी अघि बढाएको छ । सोमबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले वाम, कम्युनिस्ट र समाजवादी शक्तिहरूबीच चलिरहेको एकता वार्तालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन दशौं बैठकले गठन गरेको वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिँदै भने, ‘एकता प्रक्रियालाई…