काठमाण्डु - गत साताको बाढीले क्षतिग्रस्त वीपी राजमार्गमा शनिबार बिहानदेखि पूर्ण रूपमा सुचारु भएको छ । राजमार्गको विभिन्न १९ स्थानमा डाइभर्सन बनाएर राजमार्ग सुचारु भएको हो । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ट्रयाक खुलाएपछि परीक्षण गरी शनिबार बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६…