काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । जेन–जी प्रतिनिधिहरूसँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका हुन् । छलफल गर्दागर्दै अचानक स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । उनलाई टाउको दुख्ने र वान्ता हुने समस्या देखिएको अस्पतालले जनाएको छ । थप परीक्षणका…