काठमाण्डु – नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलकी सचेतक निमा गिरीले राजीनामा दिएकी छन् । सचेतक गिरीले दल नेता डिल्लीबहादुर चौधरीसमक्ष सोमबार राजीनामा बुझाएकी छन् । यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका थिए । तिमल्सिना अन्तिममा मन्त्री बन्नबाट रोकिएका थिए ।