कञ्चनपुरमा छाउपडी अन्त्य अभियान : २ पालिकामा भत्काइयो १५० छाउगोठ

कञ्चनपुर – छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत कञ्चनपुरका २ पालिकामा हालसम्म १५० वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिकामा २३ र कृष्णपुर नगरपालिकामा १२७ छाउगोठ भत्काइएका हुन् । प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय पालिकाको संयुक्त पहलमा सो अभियान सञ्चालन गरिएको छ । कृष्णपुर–१ निगालीकी ३२…