काठमाण्डु महानगरमा डेंगी संक्रमण कायमै, लामखुट्टे नियन्त्रण अभियान तीव्र

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले लामखुट्टेको टोकाइबाट फैलिने डेंगी रोग अझै नियन्त्रणमा नआएको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महानगरले लामखुट्टे र यसको लार्भा नष्ट गर्ने अभियानलाई वडास्तरमै तीव्र बनाएको छ । स्थानीय स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र समुदायकै सक्रिय सहभागितामा जमेको पानी खोजी लार्भा नष्ट गर्ने कार्य भइरहेको महानगरपालिकाको महामारी रोग रोकथाम तथा…