काठमाण्डु – परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएको छ । अमेरिकासँग इजरायल र इरानबिचको द्वन्द्वले मध्यपूर्वका विभिन्न देशहरूमा असुरक्षाको अवस्था सिर्जना गरेपछि आईतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहसचिव कृष्णप्रसाद ढकालले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको बताउँदै नेपालीहरूको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिए…