राम्रो आम्दानी हुने भएपछि कागती खेतीमा आकर्षण

रामेछाप – राम्रो आम्दानी हुन लागेपछि रामेछापका कृषकहरू कागती खेतीतर्फ आकर्षित भएका छन् । अमिलो जातको फल कागतीको बजारमा उच्च माग र राम्रो मूल्य भएपछि किसानहरू त्यसतर्फ आकर्षित भएका हुन् । एकपटक लगाएपछि वर्षाैंसम्म फल दिने र बजारको राम्रो सम्भावना भएपछि अन्य फलफूल र खेतीभन्दा कागतीको खेती राम्रो भएको मन्थली नगरपालिका–५ सुनारपानीका भरत कार्की बताउँछन्…