काठमाण्डु - संघीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा भने बिहीबार समिति बैठकमा प्रस्तावक र समर्थकले प्रस्ताव र समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत गरेर गरिनेछ । सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका तर्फबाट समिति सदस्य ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी…