म देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउने तयारीमा छु : प्रधानमन्त्री ओली

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने चाहना रहेको बताएका छन्। युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए। उनले सबै क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता गराउने कुरामा आफ्नो महत्वपूर्ण भूमिका…