गण्डकीमा सत्ता सहकार्यका विषयमा कांग्रेस–एमालेबीच अझै विपति

पोखरा-गण्डकी प्रदेशमा कांग्रेस र एमालेबीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकारबाहिर छ । सत्ता साझेदारीका विषयमा पटकपटक गरिएका छलफल निष्कर्षविहीन भएका दुवै दलका नेताले जनाएका छन् । कांग्रेसका प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले दलहरूबीच मन्त्रालयको बाँडफाँटमा सहमति…