काठमाण्डु – सभामुख देवराज घिमिरेले ‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी हो भनेर महसूस गर्ने गरी काम गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई आग्रह गरेका छन् । प्रमुख सचेतकहरूसँग बुधबार भएको छलफलमा उनले संसद् बैठक नभएका दिन संसदीय समितिका बैठक गरेर विचारधीन विधेयकलाई निष्कर्षमा पुर्याउन प्रमुख सचेतकहरूले ख्याल गर्नुपर्ने बताए । बैठकमा भएको छलफलबारे जानकारी…