काठमाण्डु - नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।बिहीबार आयोजित समारोहमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली–राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ भन्ने मूल नारा समेटेर घोषणापत्र बनाएको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस देश पहिला…