काठमाण्डु - ७५ औँ प्रजातन्त्र दिवस बिहीबार मनाइँदैछ । महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको बलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजान्त्र स्थापना भएको थियो। सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै हरेक वर्ष नेपालमा विविध कार्यक्रमसहित प्रजातन्त्र…