आसन्न चुनाव बिथोल्न बन्द–हड्तालको सहारा

काठमाण्डु – फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्न विभिन्न पक्षले बन्द–हड्तालको सहारा लिन थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भोलि मंगलबार नेपाल बन्द गर्ने घोषणा गरेको छ । पार्टीको केन्द्रीय समितिले आईतबार विज्ञप्ति जारी गर्दै साम्राज्यवादी डिजाइनअन्तर्गत अघि सारिएको भनिएको निर्वाचन खारेज, वैदेशिक हस्तक्षेप र दमनविरुद्ध संघर्ष तथा राष्ट्रिय स्वाधीनताको…