दुम्कीबासमा बाढीले डाइभर्सन बगायो, राजमार्ग अवरुद्ध

काठमाण्डु- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा पर्ने नवलपरासी पूर्वको दुम्कीबासमा बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन बनाइएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट…