पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

काठमाण्डु - नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । खड्कालाई आइतबार बिहान महाराजगन्जबाट पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो । उनी काठमाण्डुको लैनचौरस्थित नेपाल स्काउटको जग्गा विवादमा मुछिएका छन् ।