१२ कक्षाको परीक्षा सर्‍यो, वैशाख २१ गतेदेखि गर्ने निर्णय

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको पूर्वनिर्धारित परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले परीक्षाको नयाँ मिति तय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा सार्ने निर्णय भएको पुष्टि गरे । विगत ३ हप्तादेखि शिक्षक महासंघले काठमाण्डु केन्द्रित आन्दोलन जारी राखेपछि परीक्षा प्रभावित भएको छ…