काठमाण्डु - नेकपा (एमाले)का नेता महेश बस्नेतले आफूमाथि जेनजी युवाहरूले रातो रङ छ्यापेर आक्रमण प्रयासको निन्दा गरेका छन्। नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार…