काठमाण्डु – सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिएको छ । उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आईतबार उनलाई तत्काल रिहा गर्न निर्देशन दिएको हो । आदेशमा भनिएको छ, ‘२०८२/५/६ मा निवेदक संलग्न महाअभियानले सञ्चालन गर्ने…