अधिवेशनको मुखमा एकीकृत समाजवादी निकट युवा संघमा भाँडभैलो

काठमाण्डु–एकीकृत समाजवादीको युवा संघमा विवाद चर्किएको छ । युवा संघका सह–संयोजक नितेश पौडेलले शनिबार राष्ट्रिय भेला गरी समानान्तर कमिटी निर्माण गरेपछि विवाद सहतमा आएको हो । पौडेलले आफू पक्षिय नेता कार्यकर्ताको भेला डाकेर आफैंलाई संयोजक घोषणा गरेपछि थप विवाद उत्पन्न भएको हो । कमिटी प्रणालीमा नेतृत्व नचलेको आरोप लगाउँदै पौडेल पक्षले छुट्टै भेला गरेको हो…