संसदीय समितिबाट शिक्षा विधेयक पारित

काठमाण्डु– विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो । पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ । शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत थालेका छन् ।