रवीन्द्र मिश्रले राप्रपाका सबै जिम्मेवारीबाट दिए राजीनामा

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन् । शनिबार सामाजिक सञ्जाल मार्फत मिश्रले राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामा दिएको जानकारी दिएका हुन् । उनले पार्टी छाडेपनि राजसंस्था पुनर्स्थापना र सुशासनलगायतका मुद्दाप्रतिका आफ्ना अडान यथावत रहेको बताएका छन् । उनले लेखेका छन् देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित…