उज्यालो नेपाल पार्टीको सचिवालय गठन

काठमाण्डु – उज्यालो नेपाल पार्टीले सचिवालय गठन गरेको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय टुंग्याएको हो । पार्टीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हाल ९ जनाको मात्र चयन गरिएको छ । विधानमा अध्यक्ष, वरिष्ठ नेता, १ महिलासहित २ उपाध्यक्ष, महासचिव, १ महिलासहित २ उपमहासचिव, ३ महिलासहित ७…