काठमाण्डु- बेलायतको लण्डनस्थित युनिभर्सिटी अफ हडर्सफिल्डसँग भएको साझेदारीद्वारा लन्डनमा आधारित क्याम्पस स्थापना गर्ने सम्झौतापछि स्टडी ग्रुपका सीईओ इयान क्राइटनले नेपाल भ्रमण गरेका छन् । क्राइटनको भ्रमणले लन्डनमा नेपाली विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू विस्तार गर्ने स्टडी ग्रुपको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ । युनिभर्सिटी अफ हडर्सफिल्ड आफ्नो विस्तृत पाठ्यक्रम र विद्यार्थीहरूलाई प्रदान गरिने उच्चस्तरीय सहयोगका लागि…