जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प

काठमाण्डु- शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । साँझ ८ बजेर ७ मिनेटमा जाजरकोटको पैंक क्षेत्र केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएकोे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । यसअघि बिहीबार अपराह्न ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।