काठमाण्डु- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिको आलोचना गरेका छन् । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री स्याक्सको आलोचनात्मक लेख साझा गर्दै भट्टराईले यो विश्वभरका गैरजिम्मेवार नेताहरूका लागि आँखा खोल्ने पाठ बन्न सक्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल एक्समा प्राध्यापक स्याक्सको लेख साझा…