काठमाण्डु- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित नारायणी नदीको पुलमा शुक्रबार र शनिबार रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नारायणगढ–बुटवल सडक आयोजनाले सूचनामार्फत चितवन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको सडकमा कालोपत्र गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको जनाएको छ । आयोजनाका अनुसार शुक्रबार र शनिबार राति ११ बजेदेखि बिहान ४…