राजेन्द्र लिङ्देनसहितका नेतालाई तत्काल रिहाइ गर्न माग

काठमाण्डु– राप्रपाको आइतबारको प्रदर्शनीको क्रममा सिंहदरबार परिसरबाट पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सरकारले पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन परिचालन समितिले भत्र्सना गरेको छ । समितिले आइतवार दिउँसो विज्ञप्ति जारी गर्दै पूर्ण वाक स्वतन्त्रता रोक लगाइएको भन्दै आपत्ति प्रकट गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘तीनकुने गोलीकाण्डको न्यायिक छानबिन…