साढे ५ महिनापछि सभापतिको जिम्मेवारीमा फर्किए रवि लामिछाने

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी नेतृत्वको जिम्मेवारीमा फर्काएको छ । आइतबार बसेको रास्वपा सचिवालयको बैठकले साढे ५ महिनापछि लामिछानेलाई पार्टी नेतृत्वको जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो । उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछाने पार्टीका क्रियाकलापमा सहभागी हुन…